ख्वामित् हजुरको म त दास पो हु“ यो राज्य गर्नाकन योग्य को हु“ -
यो 'रामायण'का भाइ भरतले दाइ रामका चरणकमलमा अर्पण गरेको दासतापर्ूण्ा आत्मस्वीकृति हो । नेपाल सरकारको ज्ञानेन्द्रभक्ति देखेर अहिले मलाई यो नमुना दासवाणीको याद आयो । कुराले यो गणतन्त्र नेपालको सरकार हो । तर व्यवहारले भने यो भाइ भरत हो भन्नु उत्रो अर्घर्ेेाइ“ नहोला कि - नेपाल सरकार धनुषटङ्कार मुद्रामा ज्ञानेन्द्र शाहलाई भकाभक एकपछि अर्को सुविधा टक्रयाइरहेछ । पहिले नागार्जुन दरबार टक्रयायो । त्यसपछि टक्रयायो एक हुल प्रहरी र सैनिकको बन्दुके दलबल । अनि त्यसपछि नारानहिटी दरबारको महेन्द्र मञ्जिल । अनन्य सेवकरूपी सरकारको असीम उदारता देखेर असीम लोभी ज्ञानेन्द्र शाह उपध्रै हौसिए । सुन्छु, अहिले उनी हात पसारेर लगभग डेढ सय कर्मचारी, चवालीसवटा दामी गाडी, नारानहिटीको त्रिभुवन सदन र २०० रोपनी जग्गा मागिरहेका छन् । हाम्रो भरतरूपी सरकारले आफ्ना ख्वामित्श्रीलाई यी जिनिस
पनि देला कि -
हिजोसम्म राजा ज्ञानेन्द्र अहङ्कारको चुचुरोमा उभिएर आफूलाई भूपति ठान्थे । भूपति अर्थात् सिङ्गो नेपालको एकल मालिक । जब ज्ञानेन्द्र भूमिसात् भए, लाग्छ- उनको हङ्स नेपाल सरकारका प्रधानमन्त्री र मन्त्रीहरूमा सरक्कै घुस्यो । त्यसैले यी आफूलाई ज्ञानेन्द्रपछिका छोटे भूपति ठान्न थालेका छन् । र यी छोटेहरू आफ्ना कोठेबारीको मुला टक्रयाएझै“ ज्ञानेन्द्रलाई जे माग्यो, त्यही खुरुखुरु टक्रयाइरहेका छन् । जे-जे टक्रयाउ“दै छन्, त्यसमा नेपाली जनताको रगत-पसिनाको रङ्ग र चित्कारको आवाज छ ।
बौद्धिक बजारका भद्र गणतन्त्रवादीहरू ज्ञानेन्द्र शाहको लोकसम्मत्रि्रेमी चित्त देखेर चकित छन् । र नेपाल सरकारको उदार हृदय देखेर दङ्ग छन् । मखलेल मुद्रामा मस्कि“दै यी भन्दाछन्- अहो † पर्ूव राजा ज्ञानेन्द्र शाहको शान्तिपर्ूण्ा बहिर्गम कति सुन्दर हुने भो † नेपाल सरकारको दानशीलता कति अब्बल देखियो † तर न यो बहिर्गमन सुन्दर छ, नत यो दानशीलता नै अब्बल छ । लोकका नजरमा यो केवल लोभी र का“तरको
कुरूप मितेरी हो ।
थाहा छ, ज्ञानेन्द्र शाहले लोकसम्मतिको रट लगाउ“दै पल-प्रतिपल लोकसम्मतिलाई बन्दुकको बलले कुल्चेको हिजैमात्र हो । यिनले संविधानसभा चुनाव बिथोल्न त्रिशूलधारी पण्डाहरूको जुलुस निकालेको हिजैमात्र हो । यिनले नेपथ्यबाट ज्यालादारी मण्डलेहरूका हात समातेर नागरिकहरूका ज्यान जखम गर्न जथाभावी बम पड्काएको हिजैमात्र हो । यिनले प्यादा पञ्चहरूमा पम्पु भरेर जनमत सङ्ग्रहको अत्तो थाप्न लगाएको हिजैमात्र हो । यिनले पञ्चबलि चढाएर अशक्त दक्षिणकाली माईस“ग विनाशकारी शक्ति मागेको हिजैमात्र हो । यिनले रात-रातभर जाग्राम बसेर पूजा-आराधना गर्दै जनआकाङ्क्षा विरुद्ध तेत्तीस कोटी देवताको जुलुस निकाल्ने सपना देखेको हिजैमात्र हो । अनि आज - आज आफूलाई कमिला, उपिया“ र मुसाले समेत त्यागेपछि पनि यिनले लोभ, अहङ्कार र हठ त्यागेका छैनन् । यिनी जोरी खोज्न र दौलत कुम्ल्याउन अझै कटिबद्ध छन् । यिनले बहुमूल्य धातुजडित श्रीपेच लुकाउने असफल प्रयास गरे । यिनले नारानहिटीका निमुखा कर्मचारी र सैनिक जवानहरूलाई दुरुपयोग गर्दै दरबारका चिजबिजको लगत सङ्कलन गर्ने टोलीको बाटो छेके । यिनी आफू रामको आसनमा बसेर मलाई यो चाहियो, मलाई त्यो चाहियो, म दुःखी, म भिखारी, म बेसहारा अनाथ भन्दै नेपाल सरकारका भरतहरूलाई दङ्ग्याइरहेका छन्, झुकाइरहेका छन् ।
साम, दाम, दण्ड, भेदजस्ता सबै षडयन्त्रकारी अस्त्रहरू परास्त भई गतिल-नख-दन्त भएका ज्ञानेन्द्र शाह नारानहिटी दरबार छाड्न राजी भएकोमा यिनप्रति कृतकृत्य हुनुपर्ने कारण के छ - यिनप्रति ऋणी हुनुपर्ने र यिनलाई अनेक सुविधा टक्रयाएर यिनको ऋण चुक्ता गर्नुपर्ने कुरा के छ - यिनलाई कर्मअनुसारको उचित फल त कारागारको बन्द आवास हो । तर नेपाल सरकारका भरतजीहरू यिनलाई सिङ्गै नागार्जुन र नारानहिटीको एक खण्ड चढाउन आतुर छन् । यी भरतकाजीहरूलाई कुन जनादेशले यो अख्तियार प्रदान गरेको छ - को हुन् यी उदारमना दाताहरू जो छोटे भूपतिको अभिनय गर्दै जनादेशमाथि तरवार उज्जाएर ज्ञानेन्द्र शाहको लुब्ध इच्छालाई शिरमा बोकी हि“डेका छन् -
जब विरोधका एकाध स्वर हावामा तरङ्गति भए, नेपाल सरकारका दर्ुइ थान मन्त्री कुदेर नागार्जुन दरबार पुगे । तिनले चुरिफुरी गर्दै दरबारको तस्वीर खिचाए र लोकलाई हत्तपत्त नजर गराए । र तिनले हामी मर्ूख नागरिकहरूलाई ज्ञान दान गर्दै भने- दरबार त मामुली रहेछ बा । फगत राजा सुकला होइसिने एउटा दर्ुइ तले छाप्रो र पा“च-सातवटा टहरामात्र † यो कथन नागरिकहरूका आ“खामा छारो हालेर आफ्नो अनुचित कामलाई उचित ठहर्याउने कुटिल चाल हो । यो भरतपथीय कलाहीन
कुरूप नाटक हो ।
नागार्जुन दरबारसम्बन्धी विवाद केवल भौतिक वस्तुको सेरोफेरोमा सीमित छैन । गा“ठी कुरा त दरबार क्षेत्रको सामरिक महत्त्वको पो हो । दरबार घना, अनकन्टार वनको बीचमा छ । आरक्षको विशाल क्षेत्र अग्लो पर्खाल र बारभित्र फौजी बुटमुनि कैद छ । ज्ञानेन्द्रलाई थोरै दिइएको स्वाङ पार्न नेपाल सरकारका भरतजीहरू जेसुकै भनुन्, वास्तवमा दिइएको सिङ्गै आरक्ष क्षेत्र हो । त्यो एकलासमा, नागरिकहरूलाई प्रवेश निषेध गरी जनविरोधी अपराध कर्मको व्यूहरचना गरिने त्यस एकान्त वासमा लुकेर ज्ञानेन्द्र शाहले के-के गर्ने हुन्, हाम्रा अन्तरयामी भरतजीहरूलाई थाहा छ - आज्ञा होस्, भरतगण † 'हाललाई अस्थायी आवास' भनेर भन्न खोजिएको के हो - पछि-परन्तुमा स्थायी आवास मिलाइदिन्छु भनेको हो - कि तातो जनआक्रोशको लहर शनैःशनैः चिसिएपछि नागार्जुन डा“डो लिखितमसहित ज्ञानेन्द्र शाहका चरणमा अर्पण गरिदिन्छु भनेको हो -
अनि महेन्द्र मञ्जिल - ज्ञानेन्द्र शाहलाई अलिदिन कुनै नागरिक गृहमा शरण दिइएको भए महेन्द्र मञ्जिल शाही मातेहरूलाई छाडिदिए पनि हुन्थ्यो । मानवीय नाताले बसिआएको ठाउ“मा बसिरहुन्, आखिर कति दिन पो हो र भन्न पनि सकिन्थ्यो । तर ज्ञानेन्द्र शाहलाई षडयन्त्रका सपना कोरल्ने अनकन्टार दरबार टक्रयाइ“दा कुरा डोठ्याङ पर्यो । के थाहा, मातेहरूको दर्शन गर्ने निहु“ले ज्ञानेन्द्र शाह षडयन्त्रको जालो बुन्न दिनको चारपटक भूमिगत शैलीमा महेन्द्र मञ्जिल धाउने पो हुन् कि - अन्तरयायी भरतजीहरूलाई अवश्यै थाहा होला, यिनले हामी अज्ञानी नागरिकहरूलाई ज्ञान प्रदान गरुन् ।
काङ्ग्रेस र एमालेका भरतजीहरूले आफ्ना रामरूपी ज्ञानेन्द्रका पाउमा दाम चढाएको धेरै भएको छैन । त्यसैले निकट अतीतका पूजनीय ख्वामित्लाई निजले मागेजति टक्रयाउन तिनका चित्तमा अदम्य भक्तिभावना उर्लेर आयो होला । अनि आफूलाई टुप्पीदेखि पैतालासम्म पूरै गणतन्त्रवादी ठान्ने माओवादीलाई - भोजनमुखी कम्युनिस्ट एमालेका बासी पाइला पछ्याउ“दै शाहीपथमा यसरी ओरालो लाग्दा आखिरमा फेदीमा पुगेर चुनावी धूलो चाटिन्छ भनी एमाले महलको कन्तबिजोग देखेर उसले पहिल्यै किन नचेतेको होला - सत्ताको ह्युम पाइपमा छिरेपछि सुद्धि-बुद्धि गुम भएर - कि आफूमा नागरिकहरूलाई एकरत्ति नगन्ने सामन्ती दम्भको सरुवा रोग सल्केर - अहो † यति छिट्टै -
गणतन्त्र विरुद्ध हाम्रा भरतजीहरूबाट यत्रो अनिष्ट भइसक्यो, तर धेरैका आ“खा चिम्म छन्, कान बन्द छन्, मुख जाम छन् । यो उल्का, यो विपरीत, यो विडम्बना, यो मौन साधना- के भएको हो, यो सब - कहा“ गए बार एसोसियसनका मुखर आन्दोलनकारी गणतन्त्रवादीहरू - कहा“ लिखा मार्दैछन्, संविधानसभाका सहस्र सभासदहरू - कहा“ हराए, पत्रकार महासङ्घका तुफानी जोदाहाहरू - अनि कहा“ भूमिगत भए, सी-नाइनका पठित र जागरुक भद्रभलाद्मीहरू - अरे, कहा“ गए अनेक थरी युवा सङ्गठनका श्री नढलेका युवाहरू -
ज्ञानेन्द्र शाह चराचर जगतका गरिब नम्बर एक हुन् । नागरिक आन्दोलनलाई थाहा छ । न शिरमाथि छानो, न आङमा वस्त्र, न पेटमा चारो- ज्ञानेन्द्र शाहको दुःख कहिनसक्नु छ । यिनको यो अथाह दुःख, यिनको यो दारुण दशा, यिनको यो हरिबिजोक देखेर नागरिक आन्दोलनका हामी पानीका फोकाहरूका हृदय चिरा परेका छन्, मस्तिष्क रन्थनिएका छन्, आ“खामा आ“सु टलपल-टलपल भएका छन् । तर्सथ अकथनीय गरिबीबाट ज्ञानेन्द्र शाहको उद्धार गर्न आज ११ बजे नागरिक आन्दोलन नया“वानेश्वरमा भिख सङ्कलन अभियानमा डट्नेछ । ओ...असल नागरिकहरू हो †